Kathmandu Press

नीति तथा कार्यक्रममाथि संसदमा प्रधानमन्त्रीले जवाफ दिने 

काठमाडौं, जेठ ६ : सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नमाथी प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ संसदमा दिने भएका छन् ।

राष्ट....

नीति तथा कार्यक्रममाथि संसदमा प्रधानमन्त्रीले जवाफ दिने 

काठमाडौं, जेठ ६ : सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नमाथी प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ संसदमा दिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमाथि सत्तारुढ दल र विपक्षी दलका सांसदले उठाएका विभिन्न प्रश्नमा प्रधानमन्त्री ओलीले आज जवाफ दिन लागेका हुन् ।

दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले  नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत हालेका छन् । प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

प्रकाशित मिति: ०९:०० बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्