Kathmandu Press

एनपिएल : जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य 

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतक मद्दतमा  निर्धारित ओभारमा ८ विकेट गुमाउँदै १४५ रन बनायो।
एनपिएल : जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य 

काठमाडौं, मंसिर १३ : नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। 

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतक मद्दतमा  निर्धारित ओभारमा ८ विकेट गुमाउँदै १४५ रन बनायो।

Hardik ivf

जनकपुरका लागि कृष्णामूर्तिले अर्धशतक बनाए। उनले ३८ बलमा ४ चौका र  २ छक्का मद्दतमा ५० रन बनाए। यस्तै, जान निकोल लोफ्टी इटोनले ३३ बलमा ३९ रन बनाउँदा आदित्य महताले १५, कप्तान वायन पार्नेलले १४ र माज सदाकतले १२ रन बनाए।

बलिङमा सुदूरपश्चिका अविनाश बोहराले ४ तथा स्कट कुगुलेइनले ३ विकेट लिए। 

यो खेलमा जनकपुरको कप्तानी दक्षिण अफ्रिकी अलराउन्डर वायन पार्नेलले गरेका छन्। उनी एनपिएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी बनेका छन्।र
 

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, मंसिर १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्