Kathmandu Press

चीनद्धारा डब्लूएचओलाई दुई अर्ब अमेरिकी डलर सहयोग घोषणा

काठमाडौं, जेठ ६ : चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।

उक्त रकम दुई बर्षभरीमा कोरोनाभ....

चीनद्धारा डब्लूएचओलाई दुई अर्ब अमेरिकी डलर सहयोग घोषणा

काठमाडौं, जेठ ६ : चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।

उक्त रकम दुई बर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि जिन  फिङले सोमबार जानकारी दिए । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको हो।

Hardik ivf

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरससम्बन्धी सम्पुर्ण विवरण चीनले डब्लूएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो ।

अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो । 

प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्