रोसिङटन र निशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
कीर्तिपुरस्थित टियू क्रिकेट स्टेडियममा जारी खेलमा पोखराले पहिला ब्याटिङ गर्दै लुम्बिनीलाई १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
काठमाडाैं, मंसिर १३ : नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा दुई विदेशी खेलाडी एडम रोसिङटन र जिमी निशमको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले चुनौतीपूर्ण स्कोर बनाएको छ।
कीर्तिपुरस्थित टियू क्रिकेट स्टेडियममा जारी खेलमा पोखराले पहिला ब्याटिङ गर्दै लुम्बिनीलाई १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। उनले ५ विकेटको क्षतिमा १५० रन बनायो।
उसका लागि रोसिङटनले ६७ बलमा ७ चौका र ५ छक्का मद्दतमा ८१ रन बनाए। यस्तै, निशमले ३२ बलमा समान ३ चौका र छक्का मद्दतमा नटआउट ५१ रन बनाए। यी दुईले ३३–४को दबावपूर्ण अवस्थाबाट पाँचौं विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
यता, कप्तान कुशतल भुर्तेल लगातार दोस्रो खेलमा गोल्डेन डकआउट भए। यसअघि उनले सुरुआती दूई खेलमा दुई अर्धशतक बनाएका थिए।
बलिङमा लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले समान २ विकेट लिँदा गुल्बाद्दिन नइबले १ विकेट लिए।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुनेछ।
-(56)-1764919423.jpg)










