Kathmandu Press

एनपिएलमा आज दुई खेल हुँदै

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्। 
एनपिएलमा आज दुई खेल हुँदै

काठमाडाैं, मंसिर १३ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ। 

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्। 

Hardik ivf

खारब प्रदर्शन गरिरहेका दुवैटिम प्रतियोागितामा दोस्रो जितको खोजीमा हुनेछन्। रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ४ र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलेको छ। 

प्हिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी त्यसपछि कर्णाली याक्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। यता, पोखरा भने विराटनगर किंग्स र सुदूरपश्चिमसँग पराजित हुँद जनकपुरमाथि जित निकालेको थियो।

यसैगरी दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दैछन्। 

पराजित एकमात्र टिम सुदूरपश्चिम आफ्नो अपराजित यात्रालाई पाचौं खेलसम्म निरन्तरता दिन चाहन्छ भने खराब लयमा रहेको जकनकपुर सुदूरपश्चिमको अपराजित यात्रालाई तोड्दै पहिलो जित निकाल्न चाहन्छ। 

सुदूरपश्चिमलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेका छन् भने जनकपुरको कप्तानी अनिल साहले गरिहेका छन्। सुदूरपश्चिमको टिम बल र ब्याट दुवैमा सन्तुलित देखिँदा जनकपुरको टिम ब्याटिङमा संघर्ष गरिरहेको छ। 
 

प्रकाशित मिति: १०:३१ बजे, शनिबार, मंसिर १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्