Kathmandu Press

क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १३ बस्ने विकास शाह बानियाँ पक्राउ परेका हुन्।
क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, मंसिर १२ : क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १३ बस्ने विकास शाह बानियाँ पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २२ वर्र्षिय बानियाँलाई पक्राउ गरेको हो। 

क्रिप्टो र अनलाइन ठगी गरेको आरोप उनीमाथि छ। क्रिप्टो कारोबारमा थप छानविन अघि बढाइएको छ।  

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, मंसिर १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्