पुतलीबजार नगरपालिकाले गर्यो निःशुल्क कुखुराको चल्ला तथा दाना वितरण
आर्थिक वर्ष २०८२, ८३ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत सञ्चालित “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” मा आधारित रहेर नगरपालिकाकाले सिफारिस तथा छनौट भएका कृषकहरुलाई चल्ला र दाना वितरण गरेको हो ।
स्याङ्जा, मंसिर ११ : पुतलीबजार नगरपालिकाका वडा न ५, ६ र ७ मा बुधबार निःशुल्क कुखुराको चल्ला तथा दाना वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८२, ८३ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत सञ्चालित “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” मा आधारित रहेर नगरपालिकाकाले सिफारिस तथा छनौट भएका कृषकहरुलाई चल्ला र दाना वितरण गरेको हो ।
चल्ला र दाना वितरण गर्दै नगर प्रमुख रेग्मीले कृषि उत्पादनको प्रवर्द्धन, आय–आर्जनका अवसरको विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले यो खालको कार्यक्रम सञ्चालन गरेको बताए ।
यो कार्यक्रममार्फत लाभग्राही कृषकहरूलाई आवश्यक परिमाणमा चल्ला र दाना प्रदान गर्नुका साथै दिगो कृषि प्रवर्द्धन, सुरक्षित तथा स्वस्थ मासु उत्पादन, र स्थानीय तहमा आय–आर्जन सुदृढीकरणतर्फ अभिमुख गराउने कार्य नगरको प्रमुख प्राथमिकता रहेको समेत रेग्मीको भनाइ छ ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)