Kathmandu Press

बाँकेमा थप १२ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ५ :  बाँकेमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालमा गरि....

बाँकेमा थप १२ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ५ :  बाँकेमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका थप १२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

संक्रमितको स्वास्थ्य सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको सहप्रवक्ता अधिकारीले बताए। 

यसअघि सोमबार दिउँसो बाँकेका ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै सोमबार एकै दिन बाँकेमा ५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको छन्।  योसँगै बाँकेमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या ९३ पुगेको छ। 

बाँकेका संक्रमितमध्ये २५ वर्षीय युवकको आइतबार क्वारेन्टाइनमै मृत्यु भएको थियो।


 

प्रकाशित मिति: २२:४६ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्