राष्ट्रियसभा गृहमा विशेष महाधिवेशन पक्षधरको भेला शुरु
भेलामा विशेष महाधिवेशन माग गर्दै सम्बोधन चलिरहेको छ । कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला शुरु गरिएको हो । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरको अगुवाई गर्ने गुरुप्रसाद घिमिरे, मधु आचार्यसहितका नेताहरुले संवोधन गरिरहेका छन् ।
काठमाडौं, मंसिर १०ः नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको राष्ट्रियसभा गृहमा भेला शुरु भएको छ ।
भेलामा विशेष महाधिवेशन माग गर्दै सम्बोधन चलिरहेको छ । कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला शुरु गरिएको हो । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरको अगुवाई गर्ने गुरुप्रसाद घिमिरे, मधु आचार्यसहितका नेताहरुले संवोधन गरिरहेका छन् । विशेष महाधिवेशन गर्न दबाबका लागि भेला आयोजना गरिएको हो । कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला शुरु भइसकेको छ ।
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न ढिलाई गरिरहेको छ । सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनअघि महाविेशन गर्ने कि पछि गर्ने भन्नेमा कांग्रेसभित्र विवाद चर्किएको छ । यही विषयमा छलफल गर्नका लागि बिहीबार केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै छ ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)