Kathmandu Press

निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन्।
निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

काठमाडौं, मंसिर १० : प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन्।

पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ। त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ।

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, मंसिर १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्