Kathmandu Press

पूर्व मेजर जर्नेलको नेतृत्वमा ‘जय मातृभूमी पार्टी’, जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिने प्रतिबद्धता 

मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए ।
पूर्व मेजर जर्नेलको नेतृत्वमा ‘जय मातृभूमी पार्टी’, जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिने प्रतिबद्धता 

काठमाडौँ, मंसिर १० : ‘जय मातृभूमीपार्टी’ले आधिकारिकता पाएको छ । राष्ट्रिय मातृभूमिपार्टी, जय जन्म भूमिपार्टी र पूर्व सुरक्षाकर्मीहरुको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकिकरण गरी बनेको ‘जय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाणपत्र प्रदान गरेको हो । 

मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए । उनले भने, ‘हामी पूर्व सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आबद्ध भएका छौँ । देशभर ८ लाखभन्दा बढी छौँ । जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौँ । हामीलाई जनतामाथी विश्वास छ ।’

Hardik ivf

अध्यक्ष कार्की पूर्व मेजर जर्नेल समेत हुन् । उनी ४० वर्ष नेपाली सेनामा कार्यरत रहे । नेपाली सेनाबाट अवकाश पश्चात उनले राष्टिय सेवा दलको महानिर्देक पदका बसेर २ बर्ष काम गरिसकेका छन् । ‘देशकै अवस्था देखेर हामीहरु राजनीतिमा होमिनु परेको हो । कुशासनले देशै नरहला कि भन्ने अवस्थाआइसकेको अवस्थामा मातृभूमि र नागरिकको सुरक्षाको लागि हामी आएका छौं । सचेत नागरिक जागरुक हुन आवश्यक छ’ उनले भने ।

पार्टीका महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्ति सँग एलाइन्स गरेर फागुन २१ मा हुने भनिएको निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए । उनले भने, ‘हाम्रो पार्टीमा विभिन्न क्षेत्रबाट कुशलतापूर्वक राष्ट्रको सेवाप्रदान गरेका अवकाशप्राप्त योग्य नेताहरु र विभिन्न बिषयविज्ञहरु हुनुहुन्छ, उहाँहरुलाई काँध थाप्ने जेनजी साथीहरु पनि हुनुहुन्छ । अवसर पाउँदामूलुकको नेतृत्व गर्न सक्ने क्षमतामा राख्छौँ ।’

यो दलको दर्ता नम्बर २२१ रहेको छ । जय मातृभूमि पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा रहेको छ ।
 

प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, मंसिर १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्