Kathmandu Press

अर्जुनचौपारीमा निशुल्क आँखा शिविर, २ हजार २ सय ५९ जना स्थानिय लाभान्वित 

चार दिन सम्म चलेको शिविरको पहिलो दिन अर्जुनचौपारी गाउँपालिका वडा न १ का विद्यालयहरुमा चलेको शिविरमा ७ सय ४३ जनाले सेवा प्राप्त गरे भने परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका १ सय १ जनालाई रिफर गरिएको छ ।
अर्जुनचौपारीमा निशुल्क आँखा शिविर, २ हजार २ सय ५९ जना स्थानिय लाभान्वित 

काठमाडौं, मंसिर ९ : अर्जुनचौपारी गाउँपालिकाद्वारा संचालित निशुल्क आँखा परिक्षण शिविरबाट कुल २ हजार २ सय ५९ जना स्थानियहरु लाभान्वित भएका छन । पालिका भित्रका ६ वटा वडाका विभिन्न विद्यालयहरुमा सन्चालित शिविरमा यहाँका २ हजार २ सय ५९ जनाले स्वास्थ्य सेवा लिएका हुन भने २ सय १७ जनालाई थप उपचार आवश्यक देखिएकाले रिफर गरिएको हो । 

चार दिन सम्म चलेको शिविरको पहिलो दिन अर्जुनचौपारी गाउँपालिका वडा न १ का विद्यालयहरुमा चलेको शिविरमा ७ सय ४३ जनाले सेवा प्राप्त गरे भने परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका १ सय १ जनालाई रिफर गरिएको छ । यस्तै, दोस्रो दिन वडा न १,२ र ३ का विद्यालयहरुमा सम्पन्न निःशुल्क आँखा परीक्षण शिविरमा ५ सय ६१ जनाले सेवा प्राप्त गरे भने ४७ जनालाई थप उपचारका लागि रिफर गरियो । 

Hardik ivf

तेस्रो दिन वडा न ५ का विभिन्न विद्यालयमा गरि ४ सय २६ जनाको आँखा परिक्षण गरिएको छ भने विशेष उपचारका लागि ३४ जनालाई रिफर गरिएको छ । यसैगरी, चौथो दिन वडा न ४ र ६ का विद्यालयमा ५ सय २९ जनाको आँखा परिक्षण गरियो भने विशेष उपचार आवश्यक परेका ३५ जनालाई रिफर गरिएको अर्जुनचौपारी गाउँपालिकाको सचिवालयले जनाएको छ ।

रिफर गरिएका बिरामीहरुको गाउँपालिका भवनमा रहेको आँखा उपचार केन्द्रमा पहिलो चरणको उपचार हुनेछ भने, थप उपचार आवश्यक परेका बिरामीहरुलाई हिमालयन आँखा अस्पताल पोखरामा निशुल्क उपचार को लागि पठाइने समेत गाउँपालिका स्रोतले जनाएको छ ।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, मंसिर ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्