एमालेले गर्यो निर्वाचन आयोगमा दल दर्ता
निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा.भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।
काठमाडौं, मंसिर ९ : प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा.भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दलहरुलाई मंसिर १० गतेसम्मको समय प्रदान गरेको छ ।
हालसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् । दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगरे निर्वाचनमा भाग लिन पाउँदैनन् ।
प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)