Kathmandu Press

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै एमाले सर्वोच्चमा 

प्रतिनिधिसभाको विघटन अवैध रहेको दाबी गर्दै पुनस्र्थापनाको माग राखेर एमालेले रिट निवेदन दिएको हो ।
प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै एमाले सर्वोच्चमा 
Hardik ivf

काठमाडौं, मंसिर ९ : प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदातल पुगेको छ । 

प्रतिनिधिसभाको विघटन अवैध रहेको दाबी गर्दै पुनस्र्थापनाको माग राखेर एमालेले रिट निवेदन दिएको हो । विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहितको रिट निवेदन पेश भई दर्ता प्रक्रियामा रहेको छ ।

जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । एमालेले कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गर्न भएको निर्णय अवैध रहेको जिकिर एमालेको छ । 
 

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, मंसिर ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्