Kathmandu Press

मुख्य सचिवमा अर्यालको नियुक्ति 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 
मुख्य सचिवमा अर्यालको नियुक्ति 
Hardik ivf

काठमाडौं, मंसिर ८ : सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 

नवनियुक्त सुमनराज राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेश सरकारको प्रमुख सचिव हुँदै मुख्य सचिव बनेका हुन् । 

प्रकाशित मिति: २१:०८ बजे, सोमबार, मंसिर ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्