Kathmandu Press

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

पार्टीमा एक सय ५१ जना केन्द्रिय सदस्यहरू रहने बताइएको छ। प्रगतिशील लोकतान्त्रि पार्टीको नाम दुर्गा सोबको नाममा दर्ता कायम छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

काठमाडौं, मंसिर ७ : डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार मिलेर आइतबार प्रगतिशील पार्टी घोषणा गरिएको छ। काठमाडौंमा एक कार्यक्रमबीच नयाँ पार्टीको घोषणा गरिएको हो।

कार्यक्रममा प्रगतिशील पार्टीको नाम पूर्वप्रधानमन्त्री डा।भट्टराईले औपचारिक रुपमा घोषणा गरेका छन्। नयाँ पार्टीमा भट्टराई अभिभावकीय भूमिकामा रहने छन्।

पार्टीमा एक सय ५१ जना केन्द्रिय सदस्यहरू रहने बताइएको छ। प्रगतिशील लोकतान्त्रि पार्टीको नाम दुर्गा सोबको नाममा दर्ता कायम छ। 

नयाँ पार्टीका नेता सन्तोष परियारले प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेने बताए । कार्यक्रममा पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने प्रतिवद्धता जनाइएको छ । पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ।

प्रकाशित मिति: २१:०१ बजे, आइतबार, मंसिर ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्