Kathmandu Press

आयोगमा आजसम्म १० वटा नयाँ दल थपिए

शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगमा आजसम्म १० वटा नयाँ दल थपिए

काठमाडौं, मंसिर ५ : निर्वाचन आयोगमा १० वटा नयाँ दल थपिएका छन्। शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार नयाँ दर्ता भएका दलहरुमा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फस्ट पार्टी र उज्यालो नेपाल पार्टी रहेका छन्। 

आयोगका अनुसार अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरिएका छन्। ती दल कानुनी प्रक्रियामा रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: २०:५९ बजे, आइतबार, मंसिर ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्