Kathmandu Press

नियमित महाधिवेशनमा दबाब बढाउन कांग्रेसका २७ जना केन्द्रीय सदस्यले नेता कोइरालालाई भेटे

समूहमा कोइरालालाई भेट्न पुगेका एक केन्द्रीय सदस्यले बताए अनुसार भेटमा नियमित महाधिवेशन पक्षमा बलियो गरी कुरा उठाउन आग्रह गरिएको थियो।
नियमित महाधिवेशनमा दबाब बढाउन कांग्रेसका २७ जना केन्द्रीय सदस्यले नेता कोइरालालाई भेटे

काठमाडौं, मंसिर ७ : निर्वाचनअघि नियमित महाधिवेशनका लागि दबाब बढाउन नेपाली कांग्रेसका २७ जना केन्द्रीय सदस्यले आइतबार नेता डा.शेखर कोइरालालाई भेटेका छन्।

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बिहान भेटेर नियमित महाधिवेशनका लागि दबाब बढाउन कोइरालालाई आग्रह गरेका छन् ।

समूहमा कोइरालालाई भेट्न पुगेका एक केन्द्रीय सदस्यले बताए अनुसार भेटमा नियमित महाधिवेशन पक्षमा बलियो गरी कुरा उठाउन आग्रह गरिएको थियो। 

नेता कोइरालाले आफू पनि नियमित महाधिवेशनको पक्षमा रहेको बताएका थिए । यस बिषयमा आफु थप सक्रिय हुने जानकारी नेता कोइरालाले गराएका थिए । 

भेटघाटकाक्रममा नेता कोइरालाले विशेष महाधिवेशन गर्नैपर्ने अवस्थामा केन्द्रीय समितिबाट निर्णय गराएर आह्वान गर्नुपर्ने विकल्प पनि राखेका थिए । उनले आफु नियमित महाधिवेशन पुसभित्रै गर्नुपर्ने पक्षमा रहेको पनि सुनाएका थिए। 

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबारे किन निर्णय लिन सकेन भन्ने बिषयमा आफू अनभिज्ञ रहेको भनाई समेत राखेका थिए ।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, मंसिर ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्