एनपिएलमा विराटनगरको लागतार दास्रो जित
शनिबार साँझ टियू स्टेडियमा भएको खेलमा विराटनगरले काठमाडौं गोर्खाजलाई ५ विकेटले हरायो।
काठमाडाैं, मंसिर ६ : नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किंग्सले लागतार दोस्रो जित हात पारेको छ। शनिबार साँझ टियू स्टेडियमा भएको खेलमा विराटनगरले काठमाडौं गोर्खाजलाई ५ विकेटले हरायो।
यसअघि विरानगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। यता, काठमाडौंको भने यो लागतार दोस्रो हार हो। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सर्ला हराएको ऊ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
काठमाडौंले लिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरल १७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जर्ज मुन्सीले सर्वाधिक ३६ रन बनाए। उनले १६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, मार्टिन गप्तिलले १९ बलमा २५ रन बनाउँदा नरेन भट्टले २४ र बासिर अहमदले १९ रन बनाए। बलिङमा काठमाडौंका साहकब आलमले २ तथा करण केसी, जेरार्ड इरास्मस र सन्तोष यादवले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले ६ विकेटको क्षतिमा १३४ रन मात्र बनाए। टप अर्डरका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि काठमाडौं दबाबमा परेको थियो। एक समय ऊ ५६ रनमा ५ विकेट गुमाउँदै दबाबमा आए थियो। तर, आदिल आलम अन्सारीले अन्त्यतिर विस्फोटक पारी खेलेपछि पनि उसले सम्मानजनक स्कोर बनाएको हो।
अदिलले २५ बलमा ४ चौका र २ छक्का मद्दतमा ४८ रन बनाए। यस्तै, बेन चार्ल्सवर्थले ३२ र सन्तोष यादवले २६ रन बनाए।
काठमाडौैं इनिङ धरासायी बनाउने क्रममा विराटनगरका मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन मात्र खर्चेर २ विकेट लिँदा सुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले समान १ विकेट लिए।
प्रतियोगितामा भोलि भने कुनै खेल हुने छैन।












-ink-1744291933.jpeg)