विशेष महाधिवेशनको माग सम्बोधन हुनेगरी सर्वसम्मत निर्णय आउँछ : प्रवक्ता डा.महत
‘महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौँ,’ प्रवक्ता डा.महतले भने।
काठमाडौं, मंसिर ६ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनबारे सर्वसम्मत निर्णय गर्ने प्रयास भइरहेको बताउँदै चाँडो निर्णय हुने बताएका छन्।
शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले उक्त भनाई राखेका हन्। विवादित विषयमा सहमति जुटाउने प्रयास भइरहेको भनाई उनको छ।
‘महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौँ,’ प्रवक्ता डा.महतले भने। उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर ११ गतेका लागि बोलाइएको छ।
विशेष महाधिवेशन माग गर्नेहरूको भावनालाई सम्बोधन गरेर नियमित महाधिवेशनको कार्यतालिका आउने उनको भनाई छ । कांग्रेसको महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने बिषयले यतिबेला विवादको रुप लिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले नियमित महाधिवेशन असम्भव देखिएको बताउँदै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने माग गरिरहेका छन्।











-ink-1744291933.jpeg)
