Kathmandu Press

एमाले अध्यक्ष ओलीले भने– ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन

ओलीले त्यसपछि जेनजीका माग पनि संविधान संशोधनबाटै पूरा गर्न सकिने बताएका छन्। यस्का लागि राष्ट्रिय सहमति गर्न सकिने ओलीको भनाइ थियो।
एमाले अध्यक्ष ओलीले भने– ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन

काठमाडौं, मंसिर ६ : एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्।

शनिबार एमाले वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्। प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र उचित राजनीतिक निकास भएको दाबी ओलीको छ। संसद्को पुनस्र्थापना गरी सर्वदलीय सर्वपक्षीय सरकार बनाएर संसद्बाट संविधान संशोधन हुनसक्ने उनको मत छ।

ओलीले त्यसपछि जेनजीका माग पनि संविधान संशोधनबाटै पूरा गर्न सकिने बताएका छन्। यस्का लागि राष्ट्रिय सहमति गर्न सकिने ओलीको भनाइ थियो। 

‘जेनजीका माग पनि संसद् पुनस्र्थापनाबाट पूरा गर्ने बाटो निस्किन्छ। लोकतन्त्र पुनस्र्थापना गरौँ । संविधानलाई बाटोमा हिँडाऊँ। शान्ति स्थापना गरौँ,’ उनले भने। उनले वर्तमान अन्तरिम सरकार असंवैधानिक रहेको सन्दर्भ पनि दोहोर्याए। 

उनले सरकारको जन्ती भएर पछिपछि लाग्न नसकिने भन्दै अघि थपे, ‘पछिपछि जन्तीजस्तो भएर, जन्तीले पाउने के हो ? एक छाक भात खाएर फर्किने होला। राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व छ । यस्तो सरकारको जन्ती हुन सुहाउँदैन।’

प्रकाशित मिति: १६:१८ बजे, शनिबार, मंसिर ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्