Kathmandu Press

आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

बैठकले २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन रहेको ठहर कांग्रेसले गरेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं, मंसिर ६ : नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

बैठकबाट सर्वसम्मत रुपमा कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय भएको हो। बैठकले २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन रहेको ठहर कांग्रेसले गरेको छ। 

यस्तै, कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय समत गरेको छ ।

‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ,’ महामन्त्री थापाले भने ।

 

 

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, मंसिर ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्