बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
-1763794280.jpg)
काठमाडौं, मंसिर ६ : वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ।
तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो।
वि.सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो।
तोरण पुनःस्थापित गराउनु अघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, कुमारी घर रहेको वडाका अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए।
-1763794274.jpg)
उनीहरुले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औठाछाप लगाएर फिर्ता ल्याएका हुन्। त्यस क्रममा सम्पदा संरक्षणकर्मी, स्थानीयबासीहरुको उल्लासमय सहभागिता थियो।
प्राचीन स्मारक ऐन २०१३ को दफा २० (क) मा भएको व्यवस्था अनुसार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको बस्तु संरक्षणको शिफारिसमा सम्बन्धित गुठियारलाई पूर्ववत् स्थानमा राख्ने गरी तोरण फिर्ता फिर्ता गरिएको हो।
-1763794271.jpg)
कुमारी घरको भुइँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फबाट पाँचौ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार काठको क्षेपु आकृति भएको तोरण १७ देखि १८औँ शताव्दीमा काठबाट निर्माण भएको हो। यो १०४.५५ सेन्टिमिटरको छ।
यो तोरण पुनःस्थापना गरेपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, अन्य स्थानबाट हराएका कलाकृति, बस्तु तथा आकृति पुनःस्थापनाको असल अभ्यास प्रारम्भ भएको प्रतिक्रिया दिए।




-1785310167.jpg)




-1785310167.jpg)

