Kathmandu Press

गुल्मीका कोरोना संक्रमित पुरुष अस्पतालमा उपचाररत बिरामी

काठमाडौं, जेठ ५ : गुल्मीका कोरोना भाइरसबाट संक्रमित व्यक्ति रुपन्देहीको अस्पतालमा भर्ना भएका बिरामी रहेको खुलेको छ। 

सोमबार भैरहवा....

गुल्मीका कोरोना संक्रमित पुरुष अस्पतालमा उपचाररत बिरामी
फाइल

काठमाडौं, जेठ ५ : गुल्मीका कोरोना भाइरसबाट संक्रमित व्यक्ति रुपन्देहीको अस्पतालमा भर्ना भएका बिरामी रहेको खुलेको छ। 

सोमबार भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। कोरोनाको संक्रमण पुष्टि भएका गुल्मीका पुरुष रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत छन्।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटका पुरुष गत जेठ १ गते ज्वरो र रुघाखोकी लागेपछि क्रिमसन अस्पतालमा भर्ना भएको बुझिएको छ। कोरोनाको लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर अस्पताल आफैँले परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो।
 

प्रकाशित मिति: १७:४० बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्