Kathmandu Press

विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

रौतहट, मंसिर ५ : रौतहटमा विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

माधवनारायण नगरपालिका वडा नं. ३ सखुआवामा रहेको ओम एकेडेमीको बसले जयनगरमा शुक्रबार बिहान दुई बर्षीय बालकलाई ठक्कर दिएको हो।

Hardik ivf

गरुडा नगरपालिका वडा नं.१ जयनगर बस्ने रंजन साहका दुई  वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।बसको ठक्करबाट  बालक आदित्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए। 

उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय गरुडाले बालकलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको छ। 

घटनापछि बसका चालक फरार रहेकाले पक्राउ गर्नको लागि खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। 

दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, मंसिर ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्