Kathmandu Press

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भने– चुनावअघि महाधिवेशन नभए उम्मेदवार हुँदैनौ

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भने– चुनावअघि महाधिवेशन नभए उम्मेदवार हुँदैनौ

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आफुहरु उम्मेदवार नहुने बताएका छन् ।

शुक्रबार नियमित महाधिवेशनको पक्षमा ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूसँग महामन्त्रीद्वय थापा र शर्माले उक्त कुरा राखेका हुन् । कांग्रेसका २५ जना केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई भेटेर महाधिवेशनका बिषयमा छलफल गरेका थिए।

Hardik ivf

महामन्त्रीद्वयले पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको बताउँदै नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको मागलाई वेवास्ता गरेर जान नसकिने बताए । छलफलकाक्रममा कांग्रेस संस्थापन पक्षका नेताहरु पनि रहेको बताइएको छ। 

विहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि २५ केन्द्रीय सदस्यले छलफल गरेका थिए । छलफलमा देउवाले आफु अधिवेशनका लागि सकारात्मक रहेको बताउँदै अन्य नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्न सुझाव दिएका थिए।

उनले आफु पार्टीको नियमित कामबाट आफू बाहिर बसेको बताउँदै अन्य पदाधिकारीसँग छलफल गरेर सहमति गर्न सुझाएका थिए । केन्द्रीय सदस्यहरुको टोलीले बिहान कार्यबाहक सभापति खड्कालाई पनि भेटेका थिए। 

 

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, मंसिर ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्