Kathmandu Press

एमाले निकट नेशनल भोलेन्टियर फोर्सको मार्चपास शुरु

बानेश्वर पुगेर फर्किएपछि बबरमहलस्थित कार्की बैंक्वेटमा भेला भएपछि एमाले अध्यक्ष केपी ओलीले फोर्स घोषणा गर्नेछन्। एमालेनिकट युवा संघको नेतृत्वमा मार्च पास शुरु भएको हो। 
एमाले निकट नेशनल भोलेन्टियर फोर्सको मार्चपास शुरु

काठमाडौं, मंसिर ५ : एमाले निकट नेशनल भोलेन्टियर फोर्सले काठमाडौंको बबरमहल क्षेत्रमा मार्चपास शुरु गरेको छ। 

मार्चपास गर्दै उनीहरू अहिले बानेश्वरतर्फ लागेका छन् । बानेश्वर पुगेर फर्किएपछि बबरमहलस्थित कार्की बैंक्वेटमा भेला भएपछि एमाले अध्यक्ष केपी ओलीले फोर्स घोषणा गर्नेछन्। एमालेनिकट युवा संघको नेतृत्वमा मार्च पास शुरु भएको हो। 

मार्चपासमा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, रामेश्वर फुयाल, युवा संघ इन्चार्ज राजीव पहारी, रामकुमारी झाक्री लगायत नेता सहभागि छन्।

यता, माइतीघर मण्डला क्षेत्रमा भने जेनजी आन्दोलनका घाइतेहरू भेला भएर ओलीमाथि कारबाहीको माग गरिरहेका छन्। 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, मंसिर ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्