Kathmandu Press

सेना परिचालनको निर्णय लिन मन्त्रिपरिषद बैठक बस्दै 

बिहीबार बसेको सुरक्षा परिषद् बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो। 
सेना परिचालनको निर्णय लिन मन्त्रिपरिषद बैठक बस्दै 

काठमाडौं, मंसिर ५ : निर्वाचनका लागि सेना परिचालनको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दैछ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजेका लागि बैठक बस्ने तय भएको छ। बिहीबार बसेको सुरक्षा परिषद् बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो। 

हिजोको बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिस वमोजिम सेना परिचालनको निर्णय गरिने छ। 

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा हुँदैछ। निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ पनि केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सरकारले चुनावका लागि चाँडै नेपाली सेनालाई फिल्डमा उतार्ने तयारी भएको छ। 

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, मंसिर ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्