Kathmandu Press

चुनावका लागि मतदाता उमेरको ‘कट अफ डेट’ तोकियो 

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने तयारी गरेको छ। 
चुनावका लागि मतदाता उमेरको ‘कट अफ डेट’ तोकियो 

काठमाडौं, मंसिर ५ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरिएको छ। 

निर्वाचन आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई कट अफ डेट कायम गरेको छ। आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने तयारी गरेको छ। 

विवरणमा कुनै त्रुटि वा उजुरी भएमा मंसिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने छ । आयोगले विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदाताको अन्तिम नामावाली सार्वजनिक गर्ने तयारी गरेको छ। 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, मंसिर ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्