Kathmandu Press

भोलेन्टियर फोर्स घोषणा गर्दै एमाले, माइतीघरमा जेनजी घाइतेको धर्ना 

जेनजी आन्दोलनमा भएको घटनाको मुख्य दोषी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको बताउँदै कारबाहीको माग राखेर जेनजीहरुले धर्ना दिएका हुन्। 
भोलेन्टियर फोर्स घोषणा गर्दै एमाले, माइतीघरमा जेनजी घाइतेको धर्ना 

काठमाडौं, मंसिर ५ : एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी भइरहेका बेला भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्। 

जेनजी आन्दोलनमा भएको घटनाको मुख्य दोषी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको बताउँदै कारबाहीको माग राखेर जेनजीहरुले धर्ना दिएका हुन्। 

उनीहरुले केपी ओलीको आदेशमा आफूहरूमाथि गोली हान्ने काम भएको आरोप लगाएका छन्। 

यता, एमालेले भने काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ¥याली निकालेको छ। उक्त ¥याली बबलमहलस्थित कार्की बैंक्वेटमा पुगेपछि ओलीले एक कार्यक्रममार्फत भोलेन्टियर फोर्स गठनको तयारी गरेका छन्। 

अहिले माइतीघर मण्डलामा भेला भएर एमालेका युवाहरूले नयाँ वानेश्वरसम्म मार्चपास गर्दैछन्। 

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, मंसिर ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्