Kathmandu Press

मध्यविन्दुमा बस दुर्घटनामा २० जना घाइते

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो। 
मध्यविन्दुमा बस दुर्घटनामा २० जना घाइते

नवलपरासी, मंसिरर ५ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। 

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालकाअनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। 

प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, मंसिर ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्