Kathmandu Press

निर्वाचनका लागि सेना परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

परिषद बैठकले यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित कार्यालयमा बसेको उक्त बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
निर्वाचनका लागि सेना परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

काठमाडौं, मंसिर ४ : राष्ट्रिय सुरक्षा परिषद्को विहीबार बसेको बैठकले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय लिएको छ। 

परिषद बैठकले यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित कार्यालयमा बसेको उक्त बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

Hardik ivf

परिषदको निर्णय अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकार समक्ष सिफारिस गर्ने भनिएको छ। 

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरु अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवसहितको बैठकले उक्त निर्णय लिएको हो। 

प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो साढे २ बजेका लागि सुरक्षा परिषद् बैठक डाकेकी थिइन् । बैठकमा बाराको सिमरामा बुधबार र विहीबार उत्पन्न परिस्थितिबारे पनि छलफल भएको जनाइएको छ। 

यसअघि बुधबार पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालसँग विहीबार बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल भएको थियो। 

 

 

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, मंसिर ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्