Kathmandu Press

प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

सिंहदरबारस्थित पषिदको सचिवालयमा बैठक बस्न लागेको छ । बाराको सिमरामा बुधबार र विहीबार उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक डाकेकी छिन्।

बिहीबार दिउँसो साढे २ बजेका लागि सुरक्षा परिषद् बैठक डाकिएको हो । सिंहदरबारस्थित पषिदको सचिवालयमा बैठक बस्न लागेको छ । बाराको सिमरामा बुधबार र विहीबार उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो। 

बुधबार पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विहीबार बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल भएको थियो। 

कफ्र्यूका विच आज पनि अवस्था तनावग्रस्त बनेपछि सुरक्षा अवस्था मजबुत तुल्याउन बैठक बस्न थालेको हो। 

 

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, मंसिर ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्