Kathmandu Press

सिमरामा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन, सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर

सीमराकाे सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। झडपमा आधा दर्शन प्रहरी र २ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ।
सिमरामा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन, सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर

बारा, मंसिर ४ : तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ। 

तर, जेनजी प्रदर्शनकारीहरुले कर्फ्युका अवज्ञा गर्दै विहानैदेखि प्रदर्शनलाई चर्काएका छन्। सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर आज बिहानदेखि नै तनाव भएको हाे। 

प्रदर्शनका क्रममा प्रहरी र आन्दोनलबीच झडप भएको छ। सीमराकाे सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। झडपमा आधा दर्शन प्रहरी र २ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ। 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, मंसिर ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्