Kathmandu Press

मानवअधिकार आयोगले भन्यो– बारामा शान्ति सुरक्षा मजबुत बनाउ

‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’
मानवअधिकार आयोगले भन्यो– बारामा शान्ति सुरक्षा मजबुत बनाउ

काठमाडौं, मंसिर ४ : राष्ट्रिय मानव अधिकार आयोगले सरकारको धनाकर्षण गराउँदै बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन भनेको छ। 

आयोगले विहीबार सरकारलाई निर्देशन दिँदै बुधबारदेखि उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराएको हो। आयोगले एक विज्ञप्तिमार्फत सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पु¥याउन समेत सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ। 

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’ 

आयोगले संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत सम्बन्धित सबैमा आग्रह समेत गरेको छ । प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगले उक्त घटनाको अनुगमन गरिरहेको पनि जनाइएका छ। 

बुधबार उत्पन्न विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी भएको अवस्था समेत आयोगले दर्शाएको छ। 

आयोगका अनुसार उक्त घटनामा पाँच जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ। 

आयोगले देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको बताउँदै यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्ने जनाएको छ । 

 

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, मंसिर ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्