Kathmandu Press

सर्वोच्चलाई केपी ओलीको जवाफ– अराजकता मच्चाउनेहरुले नै राज्यसत्ता कब्जा गरे

संविधानले वालिग मताधिकारको माध्यमवाट आवधिक निर्वाचन मार्फत मात्र सरकार परिवर्तन गर्ने अधिकार दिएको भन्दै अन्य कुनै दवाव वा प्रभावको माध्यमवाट सरकारलाई अपदस्त गर्न वा मतादेश विहिन व्यक्तिले सरकार सञ्चालन गर्न नमिल्ने जिकिर पनि ओलीले गरेका छन्।
सर्वोच्चलाई केपी ओलीको जवाफ– अराजकता मच्चाउनेहरुले नै राज्यसत्ता कब्जा गरे

काठमाडौं, मंसिर ४ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको दाबी गरेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर भएका रिटमा विपक्षी बनाइएका ओलीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पठाउदै यस्तो दाबी गरेका हुन्। ओलीले प्रधानमन्त्री शुसीला कार्की र मन्त्रिपरिषदका सदस्यहरु मिलेर राज्यसत्ता कब्जा गर्ने काम गरेको जिकिर समेत गरेका छन्। 

Hardik ivf

संविधान उल्लंघन गरी अराजकताको जगमा सरकार गठन हुन नसक्ने भनाई समेत उनको छ । संविधानले वालिग मताधिकारको माध्यमवाट आवधिक निर्वाचन मार्फत मात्र सरकार परिवर्तन गर्ने अधिकार दिएको भन्दै अन्य कुनै दवाव वा प्रभावको माध्यमवाट सरकारलाई अपदस्त गर्न वा मतादेश विहिन व्यक्तिले सरकार सञ्चालन गर्न नमिल्ने जिकिर पनि ओलीले गरेका छन्। 

‘अराजक अवस्थाको सृजना गराई सुशिला कार्की तथा उनको मन्त्रिमण्डलका सदस्यहरुले राज्यसत्ता कव्जा गर्ने दृष्य÷अदृष्य काम गरेको कुरा श्रृजित घटनाक्रमवाट पुष्टि भएको छ,’ जबाफमा भनिएको छ, ‘अराजकतालाई मात्रै आधार मानेर नेपालको शासन कुनै व्यक्ति तथा तिनको समुहले कव्जामा लिने कामलाई संविधानको धारा ५ मा उल्लेखित राष्ट्रिय हित विपरितको कार्य भन्ने स्पष्ट छ।’

अराजक अवस्थाका लाभग्राही यो अवस्थाको सृजनाकर्ता रहेको जिकिर समेत लिखित जवाफमा गरिएको छ। 

 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, मंसिर ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्