कांग्रेस काठमाडौंले गर्यो अनलाइन मार्फत बैठक
काठमाडौं, जेठ ५ : नेपाल कांग्रेस जिल्ला कार्यसमितिले लकडाउनका कारण सामाजिक दुरि कायम गर्नुपर्ने भएको भन्दै जुम सफ्टवयरबाट अनलाई बैठक गरेको छ।
....
काठमाडौं, जेठ ५ : नेपाल कांग्रेस जिल्ला कार्यसमितिले लकडाउनका कारण सामाजिक दुरि कायम गर्नुपर्ने भएको भन्दै जुम सफ्टवयरबाट अनलाई बैठक गरेको छ।
बैठकले काठमाडौंमा कोरोनाभाइरसको जोखिम उच्च रहेको भन्दै सचेतना बढाउने निर्णय गरेको छ । सभापति सवुज बाँनियाको सभापतित्वमा भएको बैठकमा जिल्ला कार्यसमितिका ४२ जना पदाधिकारी र सदस्यहरु सहभागि थिए । ‘काठमाडौंमा पनि कोरोनाभाइरसको जोखिम बढ्न थालेकाले जिल्लाको पार्टी संयन्त्रलाई यसको रोकथाम र नियन्त्रणमा परिचालन गर्ने निर्णय भएको छ’ जिल्ला कार्यसमितिका सदस्य रामशरण पाण्डेल काठमाडौं प्रेससँग भने।
बैठकले जिल्लाका अति विपन्न परिवारलाई राहत वितरण गर्ने पनि निर्णय भएको छ। काठमाडौं क्षेत्र नम्वर १ का सभापति प्रकाश राणाको आमाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारमा समवेदना पनि प्रकट गरेको छ।
जिल्ला कार्यसमितिले आज पार्टीको परिक्षण जुम बैठक गरेकाले आगामी दिन यस्तो बैठक नियमित गर्ने भएको छ। ‘अनलाईन प्रविधिबाट काठमाडौं कांग्रेसले बैठक गर्यो अरु जिल्ला कार्यसमितिले पनि अनुकरण गरुन भन्ने हाम्रो आग्रह छ’ पाण्डेले भने।
उक्त बैठकको प्राविधिक पक्ष पाण्डेलेनै हेरेका थिए ।











