Kathmandu Press

संयमित बन्न कांग्रेस नेता कोइरालाको अपिल

बुधबार बाराको सिमरामा भएजस्तो घटनाले सम्बन्धित दुवै पक्षलाई अप्ठेरोमा पार्ने भएकाले संयमित बन्न उनले आग्रह गरेका छन्।
संयमित बन्न कांग्रेस नेता कोइरालाको अपिल

काठमाडौं, मंसिर ४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन्। बुधबार बाराको सिमरामा भएजस्तो घटनाले सम्बन्धित दुवै पक्षलाई अप्ठेरोमा पार्ने भएकाले संयमित बन्न उनले आग्रह गरेका छन्।

‘बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो। संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो’, कांग्रेस नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।’ 

प्रकाशित मिति: ०८:०४ बजे, बिहीबार, मंसिर ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्