Kathmandu Press

निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्न दलहरुलाई प्रधानमन्त्री कार्कीको आगह  

‘अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ। तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो निर्वाचनमा केन्द्रित गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्। 
निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्न दलहरुलाई प्रधानमन्त्री कार्कीको आगह  

काठमाडौं, मंसिर ३ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन राजनीतिक दलहरूलाई आयोगमा दर्ता हुन आग्रह गरेकी छन्। 

आयोगमा दर्ता भएका दलका प्रतिनिधि सहभागी बैठकलाई बुधबार सम्बोधन गर्नेक्रममा कार्कीले संसद् पुनर्स्थापनाको अडान छोडेर निर्वाचनतिर लाग्न कार्कीले आग्रह गरेकी हुन्। 

‘अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ। तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो निर्वाचनमा केन्द्रित गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्। 

कार्कीले दलहरूको सहभागिता, सहयोगबिना चुनावको परिकल्पना सम्भव नहुने पनि बताइन्। आगामी मंसिर १० गतेभित्र अनिवार्य रुपमा दर्ता हुन दलहरुलाई आग्रह पनि गरेकी छन्। लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएकोसमेत उनले बताइन्। 

‘तसर्थ लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी म विशेष आग्रह गर्दछु । लोकतन्त्रकाबाहक शक्ति राजनीतिक दल नै हुन्। दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना पनि असम्भव हुन्छ,’ उनले भनिन्।
 
कार्कीले दल दर्ता नगर्ने र बहिष्कार गर्ने कुराले कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने भनाई समेत उनले राखिन्। निर्वाचनको समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया मात्र नभएर राष्ट्रप्रतिको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीको जाँच समेत रहेको उनको भनाई छ। 

प्रकाशित मिति: २१:१५ बजे, बुधबार, मंसिर ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्