Kathmandu Press

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटेको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं, जेठ ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन्। उनले शनिबार कोरोना भाइरसका संक्र....

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटेको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं, जेठ ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन्। उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिए।

 राष्ट्रपति ट्रम्पले भने, अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ। उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्, यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ। 

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन्। साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ। अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्