Kathmandu Press

कांग्रेस विशेष महाधिवेशनको मिति तोक्न संस्थापन इतर पक्षको माग 

‘यदि १५औँ महाधिवेशन समयमा गर्न नसकिने हो भने सोही समयमा विशेष महाधिवेशन सम्पन्न गर्ने निर्णय होस् भन्ने हाम्रो माग हो।’ 
कांग्रेस विशेष महाधिवेशनको मिति तोक्न संस्थापन इतर पक्षको माग 

काठमाडौं, मंसिर ३ : विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस संस्थापन इतर पक्षले विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन्। 

विशेष महाधिवेशनको हस्ताक्षर अभियानका संयोजक रहेका गुरुराज घिमिरेले पत्रकार सम्मेलनमा भने, ‘यदि १५औँ महाधिवेशन समयमा गर्न नसकिने हो भने सोही समयमा विशेष महाधिवेशन सम्पन्न गर्ने निर्णय होस् भन्ने हाम्रो माग हो।’ 

Hardik ivf

यसअघि घिमिरेको नेतृत्वमा सङ्कलन भएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। 

पत्रकार सम्मेलनमा घिमिरेले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा नीति–पुनरावलोकन, संरचनागत परिमार्जन र नेतृत्व परिवर्तनका लागि पौष २८ भित्रै विशेष महाधिवेशन आह्वान गर्नसमेत आग्रह गरे। 

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्