Kathmandu Press

महाधिवेशनबारे छलफल गर्ने भन्दै कांग्रेसका २४ केन्द्रीय सदस्यहरू ललितपुरमा भेला

उनीहरुले यसअघि फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेलगायत ७ बुँदे ध्यानाकर्षण पत्र पार्टीका कार्यबहाक सभापति पुर्णबहादुर खड्कालाई बुझाएका थिए। 
महाधिवेशनबारे छलफल गर्ने भन्दै कांग्रेसका २४ केन्द्रीय सदस्यहरू ललितपुरमा भेला

काठमाडौं, मंसिर ३ : महाधिवेशनको बिषयमा छलफल गर्ने भन्दै नेपाली कांग्रेसका २४ केन्द्रीय सदस्यहरू ललितपुरमा भेला भएका छन्। ललितपुरको कुपण्डोलमा बैठक शुरु भएको छ। 

बैठकमा केन्द्रीय सदस्य जितेका राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला सङ्ग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ सहभागि छन्। 

उनीहरुले यसअघि फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेलगायत ७ बुँदे ध्यानाकर्षण पत्र पार्टीका कार्यबहाक सभापति पुर्णबहादुर खड्कालाई बुझाएका थिए। 

भेलामा सहभागी एक नेताले ७ बुँदे मागको समीक्षासहित राष्ट्रिय राजनीतिका बिषयमा छलफलका लागि बैठक आयोजना गरिएको जानकारी गराए । उनीहरुले भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भनेर आजको बैठकबाट रणनीति समेत तय गर्ने छन्। 
 
प्रकाशित मिति: १५:५५ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्