Kathmandu Press

प्रधानमन्त्री कार्कीले आज दलहरुसँग छलफल गर्ने 

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे तय भएको छ। 
प्रधानमन्त्री कार्कीले आज दलहरुसँग छलफल गर्ने 
Hardik ivf

काठमाडौं, मंसिर ३ : अन्तरिम सरकारका प्राथमिकताबारे प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्ने भएकी छिन्। 

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार छलफलका लागि विभिन्न दललाई खवर गरिसकिएको छ। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे तय भएको छ। 

प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय गरिसकेको छ। आजको छलफल मुख्य गरी निर्वाचनको बिषयमा केन्द्रीत हुने जनाइएको छ। 

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्