Kathmandu Press

सिमराका सबै उडान रद्द

सिमरामा क्षेत्रमा एमाले कार्याता र जेनजी युवाहरुबीचको झपडपछि विमानस्थल क्षेत्रमा तनाव बढेको थियो। सोही तनावपछि सिमराका साबै उडान रद्द गरिएको हो।
सिमराका सबै उडान रद्द

बारा, मंसिर ३ : सिमरा विमानस्थलका आजका लागि निर्धरित सबै उडान रद्द गरिएको छ।

सिमरामा क्षेत्रमा एमाले कार्याता र जेनजी युवाहरुबीचको झपडपछि विमानस्थल क्षेत्रमा तनाव बढेको थियो। सोही तनावपछि सिमराका साबै उडान रद्द गरिएको हो।

जेनजी युवाहरु विमानस्थलको गेट तोडेर भित्रै पेसका थिए। प्रहरीले केहीबेरपछि उनीहरुलाई निकालेको छ।

सिमरामा बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो। आज एकमात्र उडान भएको थियो। 

दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो। सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको थियो।

तनाव बढेपछि बारामा अहिले कर्फ्यु लगाइएको छ। 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, मंसिर ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्