Kathmandu Press

प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न– नेतालाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ? 

‘सिमरा घटना दुःखद् ! प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’ 
प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न– नेतालाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ? 

काठमाडौं, मंसिर ३ : एमालेका नेताहरु कार्यक्रममा लागि सिमरा जान नपाएको विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको ध्यानाकर्षण गराएका छन्। 

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत सिमरा घटना दुःखद् रहेको पनि बताएका छन्। शर्माले नेताहरूको भ्रमणको वातावरण नभए कसरी चुनाव हुन्छ ? भन्दै प्रश्न पनि सोधेका छन्। 

Hardik ivf

प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराउँदै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिमरा घटना दुःखद् ! प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’ 

शर्माले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिएको जेनजी कसैको समाज भ्रमणको अधिकारविरुद्ध उभिएको भन्दै निषेधको राजनीति नगर्न पनि आग्रह गरेका छन्। 

‘सामाजिक संजाल निषेधविरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजी भावना होइन । त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं,’ शर्माले भनेका छन्।

जेनजीहरुले एमले नेता शंकर पोखरेल, महेश बस्नेतसहितका नेता सिमरा विमानस्थल जाने थाहा पाएपछि विमास्थलमै प्रदर्शन गर्दा झडपको स्थिति सिर्जना भएको छ । अहिले काठमाडौँबाट सिमरा जाने उडानहरु रोकिएका छन्। 

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्