Kathmandu Press

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न सर्वोच्चको रोक

रिटको अन्तिम टुंगो नलागेसम्म नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन आदेशमा भनिएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न सर्वोच्चको रोक

काठमाडौं, मंसिर १ : सर्वोच्च अदालतले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई कुनै नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। रिटको अन्तिम टुंगो नलागेसम्म नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन आदेशमा भनिएको छ। 

तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको थियो।

भण्डारीले बिरामी भएको बहाना पार्दै काठमाडौं जान लागेको भनेर महोत्तरीस्थित बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई पदमुक्त गरेका थिए। 

 

प्रकाशित मिति: ००:०६ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्