Kathmandu Press

लोकेश र गप्तिलको विस्फोटक ब्याटिङमा विराटनगरले पोखरालाई दियो २२१ रनको कीर्तिमानी लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो। 
लोकेश र गप्तिलको विस्फोटक ब्याटिङमा विराटनगरले पोखरालाई दियो २२१ रनको कीर्तिमानी लक्ष्य

काठमाडाैं, मंसिर २ : विराटनगर किंग्सले एनपिएल इतिहासकै सर्वाधिक ठूलो स्कोर बनाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो। 

एनपिएलको दोस्रो सिजन चलिरहँदा पहिलो पटक २ सय रन पार भएको हो। यसअघिको एनपिएलको उच्च सकोरको कीर्तिमान पनि विराटनगरकै नाममा थियो। पहिलो सिजन उसले लुम्बिनीविरुद्ध १९३ रन बनाएको थियो।

Hardik ivf

पोखरालाई कीर्तिमानी लक्ष्य दिने क्रममा विराटनगरका लागि मार्टिक गुप्तिल र लोकेश बमले विस्फोटक ब्याटिङ गरे। लोकेशले ४८ बलमा ७ छक्का र १ चौका मद्दतमा सर्वाधिक ७२ रन बनाउँदा गप्तिलले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १३२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यो पनि दोस्रो सिजनको पहिलो शतकीय साझेदारी हो।

यस्तै, एनपिएलमा डेब्यू गरिरहेका अमेरिकी अलराउन्डर शुभम रन्जानेले पनि विस्फोटक इनिङ खेले। उनले १६ बलमा ३ चौका र २ छक्का मद्दतमा ३८ रन बनाउँदा बासिर अहमदले १३ बलमा २३ र नारायण जोशीले ३ बलमा ११ रन बनाए।

बलिङमा पोखराका लागि म्याट टेलरले २ तथा कप्तान कुशल भुर्तेल र आकाश चन्दले समान १ विकेट लिए।

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, मंसिर २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्