Kathmandu Press

विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न ‘गुलाब’ 

‘नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको छ।’ 
विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न ‘गुलाब’ 

काठमाडौं, मंसिर २ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले मंगलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

आयोगले पार्टीको चुनाव चिह्न गुलाब दिएको छ। आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै विप्लवले भने, ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको छ।’ 

विप्लपले भोलिबाटै देशभरि नयाँ अभियानमा अघि बढ्ने जानकारी पनि उनले गराए। चुनाव हुन्छ त? भन्ने संचारकर्मीको जिज्ञासमा उनले भने, ‘चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ नै।’

विप्लपले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेका खण्डमा सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने आफ्नो पार्टीको रहेको पनि बताए। 

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, मंसिर २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्