Kathmandu Press

दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी, कति हुनसक्छ सजाय?

मुलुकी अपराध संहिताको दफा ६० को उपदफा (३) ले सार्वजनिक शान्तिविरुद्धको कसुरमा ६ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । यदी हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्थासमेत छ। 
दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी, कति हुनसक्छ सजाय?

काठमाडौं, मंसिर २ : पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।

प्रसाईंले शान्ति व्यवस्था खलल पुग्ने अभिव्यक्ति दिएको भन्दै सोमबार राति भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको थियो। प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजक हुन्। 

मुलुकी अपराध संहिताको दफा ६० को उपदफा (३) ले सार्वजनिक शान्तिविरुद्धको कसुरमा ६ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । यदी हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्थासमेत छ। 

Hardik ivf

प्रसाईं उही आरोपमा चौथोपटक पक्राउ परेका हुन् । प्रसाईंलाई मंगलबार म्याद थपका निम्ति सरकारी वकिल कार्यालय, काठमाडौंमा लगिएको छ। 

यसअघि पनि प्रसाईं शान्तिविरुद्धको कसुरमा पक्राउ परेको थि । उनी पहिलोपटक २०८१ असोजमा पक्राउ परेका थिए। त्यस बखत् पनि प्रहरीले उनीविरुद्ध शान्तिविरुद्धको कसुरमै मुद्दा चलाएको थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले क्याम्बोडियामा पैसा लगेर राखेको आरोप लगाएपछि उनलाई २०८१ मंसिरमा दोस्रोपटक पक्राउ परेका थिए। त्यसपछि गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा पनि पक्राउ परेका थिए । सोमबारको पक्राउसहित उनी चौथोपटक पक्राउ परेका हुन्। 

उनले मंसिर ७ गतेदेखि देशभर प्रर्दशन चर्काउने अभिव्यक्ति दिँदै आएका छन् । यसैविच, प्रसाईं पक्राउ परेपछि उनका समर्थकले विरोध प्रदर्शन गर्न सक्ने भन्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

 


 

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, मंसिर २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्