Kathmandu Press

डिम्व किनबेच प्रकरण : महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै 

अधिवक्ता उपेन्द्र रावत समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ता बराल, महान्यायाधिवक्ता कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लगायतलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन्। 
डिम्व किनबेच प्रकरण : महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै 

काठमाडौं, मंसिर २ : उमेर नपुगेका किशोरीबाट डिम्व संकलन गरी विक्रीवितरण गर्ने क्लिनिक र चिकित्सकलाई उन्मुक्ति दिएको दाबीसहित मुद्दा चलाउन माग राखेर दायर एक रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाईका लागि पेशी तय गरिएको छ।

सर्वोच्च अदालता न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सुनुवाइका लागि पेशी तय भएको हो। 

अधिवक्ता उपेन्द्र रावत समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ता बराल, महान्यायाधिवक्ता कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लगायतलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन्। 

नाबालिग किशोरीको डिम्ब किनबेच गरेको भन्दै सिआइबीमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धान पुरा गरी भदौ १ गते नै सरकारी वकिलको कार्यालयमा पेस गरिए पनि अन्तिममा मुद्दा नचलाउने निर्णय भएपछि महान्यायाधिवक्ता भण्डारीको आलोचना भइरहेको छ। 

डिम्व प्रकरणमा प्रहरीले डा.स्वस्ती शर्मा लगायतलाई नियन्त्रणमा समेत लिएको थियो। डिम्व किनबेच प्रकरणमा भण्डारीविरुद्ध आफन्तलाई जोगाएको आरोप लाग्दै आएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, मंसिर २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्